सर्लाहीमा युवकद्वारा आत्मदाह प्रयास हेलिकप्टरबाट काठमाडौं ल्याउदै


सर्लाही। देशमा आत्मदाह प्रयासका शृङ्खलाबद्ध घटना रोकिएको छैन। यसैबीच, सर्लाहीमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार गोडैता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका हुन्।

घटनापछि गम्भीर घाइते भएका मण्डललाई थप उपचारका लागि तत्काल काठमाडौँ लैजान हेलिकोप्टरको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

मण्डलले के कारण वा कस्तो परिस्थितिका कारण यस्तो कदम चाले भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।