काठमाडौंको बुद्धनगरमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन्।
पारिवारिक विवाद चर्किएपछि ४५ वर्षीय आश्विन राउतले शुक्रबार भान्साकोठामा गई शरीरमा आगो लगाएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
गम्भीर घाइते अवस्थामा फेला परेका राउतको उद्धार गरी उपचारका लागि वीर अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

















प्रतिक्रिया