सर्लाहीमा आत्मदाह प्रयास गरेका विवेकको अवस्था चिन्ताजनक, ८५ प्रतिशत जलन


काठमाडौं । सर्लाही जिल्लाको गोडैता नगरपालिका–१० निवासी विवेक मण्डलको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ। आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका उनलाई शुक्रबार अपराह्न हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुरस्थित अस्पतालमा भर्ना गरिएको हो।

उपचारमा संलग्न चिकित्सकहरूका अनुसार मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग जलेको छ। अत्यधिक जलनका कारण उनको अवस्था अत्यन्तै गम्भीर रहेको बताइएको छ। हाल उनलाई सघन निगरानीमा राखेर उपचार भइरहेको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। आत्मदाह प्रयासको कारण खुल्न बाँकी रहेकाले त्यसबारे पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। परिवारका सदस्य तथा आफन्तहरू अस्पतालमा रहेका छन्।