सर्लाहीमा आत्मदाह प्रयास गरेका मण्डलको अवस्था अझै चिन्ताजनक


काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेका विवेक मण्डलको स्वास्थ्य अवस्था अझै चिन्ताजनक रहेको छ।

शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डललाई शुक्रबार साँझ करिब ७:३० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो।

चिकित्सकका अनुसार उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको छ। हाल उनलाई आईसीयूमा राखेर सघन उपचार भइरहेको अस्पतालले जनाएको छ।