हेटौँडाको कर्रा खोलामा आएको बाढीले आज बिहान १२ चक्के ट्रक बगाएको छ।
बिहान करिब ७ः४५ बजे हेटौँडा–१७ हटियास्थित शिवम् सिमेन्टबाट ढुङ्गा अनलोड गरेर फर्किरहेको ना७ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक ह्युम पाइप राखेर बनाइएको कल्भर्टमा पानीको बहाव बढेपछि बगेको हो।
ट्रकसँगै बगेका चालक चितवनको रत्ननगर–१३ निवासी ३४ वर्षीय दीपक थिङ भने पौडिएर सकुशल बाहिर निस्कन सफल भएका छन्। बाढीले बगाएको ट्रक भने खोलामै रहेको छ।

















प्रतिक्रिया