काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकाका विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा गएराति निधन भएको छ।
गम्भीर अवस्थामा रहेका मण्डलको काठमाडौंस्थित कीर्तिपुर अस्पतालको बर्न उपचार केन्द्रमा उपचार भइरहेको थियो। उपचारकै क्रममा गएराति उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।
मण्डलले केही दिनअघि आत्मदाहको प्रयास गरेका थिए। त्यसपछि उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याई सघन उपचारमा राखिएको थियो। उनको शरीरको अधिकांश भाग जलेको र अवस्था अत्यन्तै गम्भीर रहेको चिकित्सकहरूले बताएका थिए।
उनको निधनसँगै घटनाको कारण र पृष्ठभूमिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया