काठमाडौं – सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय विवेक मण्डलको आत्मदाह प्रयासपछि उपचारका क्रममा आज बिहान २:४० बजे निधन भएको छ।
उनको निधनप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मण्डलका सन्तानहरूको शिक्षा–दीक्षाको जिम्मेवारी आफूले लिने घोषणा गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले मण्डलका बालबालिकाको शिक्षामा कुनै बाधा नआओस् भन्ने उद्देश्यले उनीहरूको शिक्षा–दीक्षाको सम्पूर्ण जिम्मेवारी आफूले वहन गर्ने बताएका छन्।
मण्डलको निधनपछि सामाजिक सञ्जालमा शोक व्यक्त गर्ने क्रम जारी छ भने उनको आत्मदाह प्रयासको कारण र घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।

















प्रतिक्रिया