काठमाडौं – नेपाल आयल निगमले बुधबारदेखि पुनः १४.२ केजी क्षमताको भरी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने निर्णय गरेको छ।
निगमले जारी गरेको सूचनाअनुसार अब मुलुकभर साविककै १४.२ केजी ग्यास भरिएको सिलिन्डर २ हजार ६० रुपैयाँमा बिक्री गरिनेछ।
यसअघि निगमले गत फागुन २९ गतेदेखि ७.१ केजी (आधा सिलिन्डर) क्षमताको ग्यास मात्र बिक्री–वितरण गर्दै आएको थियो।
निगमका अनुसार ७.१ केजीका सिलिन्डर पूर्ण रूपमा प्रतिस्थापन नभएसम्म भने १४.२ केजी र ७.१ केजी दुवै क्षमताका सिलिन्डर समानान्तर रूपमा बिक्री–वितरण गरिनेछ।

















प्रतिक्रिया