काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार सिंहदरबारको मूल प्रवेशद्वारमा मोटरसाइकल पार्किङ गर्दै प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको छ।
प्रदर्शनमा सहभागीहरूले “गरिबको आवाज दबाउन पाइँदैन” लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले विभिन्न माग राख्दै नाराबाजी समेत गरेका थिए।
सुरक्षा संवेदनशील क्षेत्र मानिने सिंहदरबारको मूल गेटमै मोटरसाइकल पार्किङ गरी प्रदर्शन भएपछि प्रहरीले हस्तक्षेप गर्दै केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि प्रहरीको जिम्मामा राखिएको छ।
घटनाबारे प्रहरीले विस्तृत विवरण सार्वजनिक गर्न बाँकी छ।

















प्रतिक्रिया