काठमाडौं । सरकारले संघीय संसद्का सांसदहरूलाई पुनः स्वकीय सचिव (Personal Secretary) राख्ने सुविधा दिने निर्णय गरेको छ।
पछिल्लो मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दिइन्।
‘पहिले जे व्यवस्था थियो, त्यसअनुसार हुने गरी निर्णय भएको छ,’ मन्त्री गौतमले भनिन्।
यसअघि जेनजी आन्दोलनपछि गठन भएको सुशिला कार्की नेतृत्वको सरकारले राज्यको खर्च कटौती गर्ने उद्देश्यले सांसदहरूको स्वकीय सचिवसम्बन्धी सेवा–सुविधा खारेज गर्ने निर्णय गरेको थियो। सरकारको पछिल्लो निर्णयसँगै अब सांसदहरूले पुनः स्वकीय सचिवको सुविधा पाउने भएका छन्।

















प्रतिक्रिया