काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोगपत्र दर्ता गरेको हो।
अभियोगपत्रअनुसार पौडेलले व्यवसायी दीपक भट्टसँग मिलेमतो गरी पद र प्रभावको दुरुपयोग गर्दै आर्थिक लाभ लिने उद्देश्यले सहजीकरण गरेको आरोप लगाइएको छ। आरोपमा श्रीराम टोवाको उद्योग प्रालिको उच्च मूल्यको सेयर न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनी हिमालयन एसेट म्यानेजमेन्ट प्रालिलाई हस्तान्तरण गराउन भूमिका खेलेको उल्लेख गरिएको छ।
यस प्रकरणमा पौडेलमाथि सम्पत्ति शुद्धीकरण कसुरअन्तर्गत २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गरिएको छ। अदालतले अब अभियोगपत्रमाथि कानुनी प्रक्रिया अघि बढाउनेछ।
यो अभियोग हो। अदालतबाट अन्तिम फैसला नभएसम्म प्रतिवादीहरू कानुनअनुसार निर्दोष मानिन्छन्।

















प्रतिक्रिया