काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले संस्थासँग नियमित दूध कारोबार गर्न इच्छुक दुग्ध उत्पादक सहकारी संस्था तथा निजी फार्महरूलाई २०८३ साल साउन मसान्तभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ देखि दूध सङ्कलन प्रणालीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यले नयाँ नीति लागू गर्न लागिएको संस्थानले जनाएको छ।
लैनचौरस्थित डीडीसीको केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार संस्थासँग निरन्तर दूध कारोबार गर्न चाहने सहकारी र निजी फार्महरूले आ–आफ्नो पायक पर्ने आयोजना वा चिस्यान केन्द्रमा साउन मसान्तभित्र सम्पर्क गरिसक्नुपर्नेछ।
डीडीसीले तोकिएको समयसीमाभित्र सम्पर्कमा नआउने सहकारी संस्था वा निजी फार्मबाट आगामी दिनमा दूध खरिद वा कारोबार गर्न बाध्य नहुने स्पष्ट गरेको छ।


















प्रतिक्रिया