धुलिखेलमा २४ घण्टा बिताएर काठमाडौं फर्किए रवि लामिछाने र स्वर्णिम वाग्ले


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले धुलिखेलस्थित थानी हिमालयन रिसोर्टमा करिब २४ घण्टा बिताएर आइतबार अपराह्न काठमाडौं फर्किएका छन्।

पत्नी निकितासहित रिसोर्ट पुगेका लामिछाने केहीबेरअघि होटलबाट निस्किएका हुन्। सुरक्षा स्रोतका अनुसार उनी काठमाडौं फर्किरहेका छन्। डा. वाग्ले पनि धुलिखेलबाट काठमाडौं फर्किएका छन्।

यद्यपि, उनीहरूको उक्त बसाइको उद्देश्य वा त्यहाँ भएका भेटघाटबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।