ढाका । बंगलादेशको राजधानी ढाकामा सम्पन्न १०औँ दक्षिण एसियाली कराते प्रतियोगितामा नेपाल टिम च्याम्पियन बनेको छ।
नेपालले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै २७ स्वर्ण, १४ रजत र ११ कांस्य सहित कुल ५२ पदक जित्दै समग्र उपाधि आफ्नो नाममा पारेको हो।

नेपाली खेलाडीहरूले विभिन्न तौल समूह र विधामा उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण एसियाली करातेमा नेपालको वर्चस्व कायम राखेका छन्। नेपालको यो उपलब्धिलाई कराते खेलको इतिहासमा अर्को महत्वपूर्ण सफलता मानिएको छ।


















प्रतिक्रिया