सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा ढुङ्गाको लोहोरो प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
सामान्य विवादका क्रममा ४२ वर्षीय मनोज कार्कीले मंगलबार राति करिब १ बजे आफ्नै ४० वर्षीया श्रीमती सानुकुमारी कार्कीको टाउकोमा लोहोरो प्रहार गरेका थिए। गम्भीर चोट लागेकी उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे राति १:१५ बजे सूचना पाएपछि इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनामा संलग्न मनोजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

















प्रतिक्रिया