काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदैछ। काठमाडौँ र धादिङलाई जोड्ने यो सुरुङमार्ग उद्घाटनसँगै केही दिन सर्वसाधारणका लागि निःशुल्क सञ्चालन गरिने भएको छ।
सरकारका अनुसार सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको ट्राफिक जाम घट्ने, यात्रा समय छोटिने तथा आवागमन थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।
निःशुल्क सञ्चालन अवधि सकिएपछि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट तोकिएबमोजिम शुल्क लिइनेछ। सम्बन्धित निकायले शुल्क कार्यान्वयनको मिति र दरबारे छुट्टै सूचना जारी गर्ने जनाएको छ।


















प्रतिक्रिया