गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि लामिछाने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा पुगेका छन्।

वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको छ। सोही क्रममा श्रद्धाञ्जली अर्पण गर्न रास्वपा सभापति लामिछाने सानेपा पुगेको उनको सचिवालयले जनाएको छ।

सानेपामा लामिछानेले कांग्रेस सभापति गगन थापासँग भेटघाट गर्दै दिवंगत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

गोपालमान श्रेष्ठको मंगलबार दिउँसो ललितपुरस्थित हेलियस अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

श्रेष्ठको निधनप्रति विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले दुःख व्यक्त गर्दै कांग्रेस केन्द्रीय कार्यालय पुगेर श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।