काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसँग बैठक गर्नुभएको छ।
बैठकमा जुम (Zoom) मार्फत कोशी र मधेस प्रदेशका सरकारका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला र पालिका तहका पार्टी नेतृत्वसँग पछिल्लो सुरक्षा अवस्था, जनजीवन र समसामयिक विषयमा विस्तृत छलफल गर्नुभएको हो।
छलफलका क्रममा दुवै प्रदेशको वस्तुस्थितिबारे जानकारी लिँदै सभापति थापाले शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको बताइएको छ।


















प्रतिक्रिया