काठमाडौं । गृहमन्त्री सुदन गुरुङको नेतृत्व तथा गृह मन्त्रालयको निर्देशनअनुसार मधेस प्रदेश र कोशी प्रदेशका विभिन्न जिल्लामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ।
विशेषगरी संवेदनशील क्षेत्रहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनको समन्वयमा निगरानी बढाइएको छ। सुरक्षा निकायले सम्भावित अप्रिय गतिविधि रोक्न तथा शान्ति–सुरक्षा कायम राख्न ड्रोनमार्फत हवाई अनुगमनलाई समेत तीव्र बनाएको जनाएको छ।
गृह मन्त्रालयले आवश्यकताअनुसार थप सुरक्षा जनशक्ति परिचालन, नियमित गस्ती, चेकजाँच तथा सूचना संकलनलाई प्रभावकारी बनाइएको जनाएको छ। साथै, सर्वसाधारणलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न र कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल सुरक्षा निकायलाई जानकारी गराउन आग्रह गरिएको छ।
सरकारले शान्ति–सुरक्षा कायम राख्दै नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक सबै उपाय अवलम्बन गरिएको जनाएको छ।



















प्रतिक्रिया