काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार पक्राउ गरेको छ।
सीआईबीका अनुसार भट्टराईलाई मन्त्रालय परिसर आसपासबाट नियन्त्रणमा लिइएको हो। उनी परराष्ट्र मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत रहँदा तिब्बती शरणार्थीहरूलाई किर्ते तथा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरी संगठित मानव तस्करी सञ्जाललाई सहयोग गरेको आरोप लागेको छ।
उक्त आरोपबारे थप अनुसन्धानका लागि भट्टराईलाई हिरासतमा राखिएको सीआईबीले जनाएको छ। अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
घटनाबारे सीआईबीले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।



















प्रतिक्रिया