नेपाल टेलिकमको नाफा उकालोमा, वित्तीय विवरण सार्वजनिक


काठमाडौँ। नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७.५८ प्रतिशतले बढी हो।

कम्पनीको कुल सञ्चालन आय पनि ३.१२ प्रतिशतले बढेर ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कुल आय २.६५ प्रतिशतले वृद्धि हुँदै ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको नेपाल टेलिकमले जनाएको छ।