सभापतिको वैधानिकतामाथि प्रश्नै छैन : विश्वप्रकाश शर्मा


काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति र केन्द्रीय समितिको वैधानिकताबारे कुनै अन्योल नरहेको बताएका छन्।

शनिबार ललितपुरमा आयोजित दोस्रो झापा–१ काठमाडौं कप फुटसल प्रतियोगितामा सहभागी शर्माले विशेष महाधिवेशन विधिपूर्वक सम्पन्न भएको र त्यसलाई निर्वाचन आयोग तथा अदालतले समेत सही ठहर्‍याएको दाबी गरे।

उनले निर्वाचन आयोग र अदालतबाट समेत वैधानिकता पुष्टि भइसकेको अवस्थामा सभापति र केन्द्रीय समितिको वैधानिकतामाथि प्रश्न उठाउनुको कुनै अर्थ नरहेको बताए।

शर्माले पार्टीभित्र देखिएका वैधानिकतासम्बन्धी विवादलाई अनावश्यक रूपमा जटिल बनाउन नहुने धारणा समेत राखे।