पूर्वी जापानमा भारी वर्षा, ९ जनाको मृत्यु




पूर्वी जापानमा परेको भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको छ। बिहीबार रातिदेखि परेको मुसलधारे वर्षाले चिबा प्रिफेक्चरमा एक हजारभन्दा बढी घर डुबानमा परेका छन् भने सडक तथा रेल सेवा प्रभावित भएका छन्।

चिबामा २४ घण्टामै करिब ३० सेन्टिमिटर वर्षा भएको थियो, जुन पछिल्लो ६० वर्षयताकै अगस्ट महिनाको उच्च वर्षा हो। भारी वर्षासँगै पहिरो र विद्युत् अवरोधको जोखिम बढेको अधिकारीहरूले जनाएका छन्।