काठमाडौँ।भारतीय प्रधानसेनापति धिरज सेठ आइतबार चारदिने नेपाल भ्रमणमा आउँदै छन्। नेपाल भ्रमणका क्रममा उनलाई सोमबार नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गरिने कार्यक्रम रहेको छ। नेपाल र भारतका प्रधानसेनापतिलाई एकअर्काको देशमा मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि रहँदै आएको छ। सेठले नेपाली सेना प्रमुख अशोकराज सिग्देलसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।





















प्रतिक्रिया