भाभटेनीको नयाँ घोषणा : भोलिदेखि २४ घण्टा सुपरस्टोर सञ्चालन


काठमाडौं । भाटभटेनी सुपरस्टोरले काठमाडौं उपत्यकाका तीन स्टोरलाई क्रमशः २४ घण्टा सञ्चालनमा ल्याउने भएको छ।

पहिलो चरणमा भक्तपुरको राधेराधेस्थित स्टोर भोलि सोमबारदेखि चौबिसै घण्टा खुला हुनेछ। त्यसको करिब एक सातापछि ललितपुरको कृष्णगल्ली र भदौ तेस्रो सातापछि काठमाडौंको टंगालस्थित स्टोरलाई पनि २४ घण्टा सञ्चालनमा ल्याउने तयारी गरिएको कम्पनीले जनाएको छ।

यातायात चाप र ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेवा विस्तार गर्न लागिएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताएका छन्।