कुमारीपाटीमा चोरको आतंक, ३१ लाख ७० हजारभन्दा बढीको धनमाल चोरी


काठमाडौँ । ललितपुर महानगरपालिका–१९ कुमारीपाटीस्थित माया महर्जनको घरबाट सुनका गरगहनासहित करिब ३१ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

शनिबार भएको चोरीमा संलग्न व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीले फरार व्यक्तिको खोजी गर्नुका साथै घटनाबारे अनुसन्धान गरिरहेको छ।