गृहमन्त्री गुरुङद्वारा बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन


काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गोरखास्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालयको स्थलगत अनुगमन गर्नुभएको छ।

गण्डकी गाउँपालिका–१, भिम्चुलिनारस्थित फिल्ड कार्यालयमा पुगेर मन्त्री गुरुङले सम्बन्धित अधिकारीहरूसँग आयोजनाको अवस्था, कार्यालयबाट भइरहेका गतिविधि तथा स्थानीयस्तरमा देखिएका विषयबारे जानकारी लिनुभएको हो।

अनुगमनका क्रममा उहाँले आयोजनासँग सम्बन्धित काम तथा स्थानीय सरोकारका विषयलाई नजिकबाट बुझ्दै आवश्यक जानकारी लिनुभएको जनाइएको छ।