काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्।
शीतल निवासमा सोमबार आयोजित समारोहमा राष्ट्रपति पौडेलले सेठलाई उक्त सम्मान प्रदान गरेका हुन्। नेपाल र भारतका सेना प्रमुखलाई एक–अर्काको देशमा मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि कायम छ।
तीनदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएका सेठलाई प्रदान गरिएको सम्मान समारोहमा सरकार तथा नेपाली सेनाका उच्च अधिकारीहरूको सहभागिता थियो।





















प्रतिक्रिया