इबोलाको प्रकोपले डीआर कंगोमा नयाँ रेकर्ड, २३०० भन्दा बढीको मृत्यु


काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) मा फैलिएको इबोला प्रकोप देशकै सबैभन्दा घातक बनेको छ। सरकारी तथ्याङ्कअनुसार हालसम्म २ हजार ३२५ जनाको मृत्यु भएको छ भने ४ हजार ९४५ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा मात्रै १०१ नयाँ संक्रमित थपिएका छन्। यो प्रकोपमा मृतकको संख्या सन् २०१८–२०२० को अघिल्लो रेकर्डभन्दा माथि पुगेको हो।

विश्व स्वास्थ्य संगठनका अनुसार हालको प्रकोप बुन्दिबुग्यो प्रजातिको इबोला भाइरसका कारण फैलिएको हो। ढिलो पहिचान, कमजोर निगरानी र उपचारमा सीमित पहुँचका कारण मृत्युदर बढेको स्वास्थ्य विज्ञहरूले बताएका छन्।