स्वास्थ्य र कृषि सुरक्षा सुदृढ गर्न अमेरिकी विज्ञहरूको टोली नेपालमा


काठमाडौं । नेपालको स्वास्थ्य तथा कृषि सुरक्षा सुदृढीकरणमा सहयोग गर्ने उद्देश्यले अमेरिकी विज्ञहरूको टोलीले नेपाल भ्रमण गरेको छ।

अमेरिकाको टेक्सास ए एन्ड एम विश्वविद्यालयका वैज्ञानिकहरूले अत्याधुनिक इलेक्ट्रोन बीम (ई–बीम) प्रविधिमार्फत चिकित्सा उपकरणको निर्मलीकरण, खाद्य सुरक्षा र फोहोर व्यवस्थापनमा गर्न सकिने सहयोगबारे छलफल गरेका छन्।

भ्रमणका क्रममा अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र वैज्ञानिकहरूको टोलीले विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसँग भेट गरी नेपाल–अमेरिका सहकार्यका सम्भावनाबारे विचारविमर्श गरेका छन्।