सानो खर्च, ठूलो भाग्य! ३५० रुपैयाँ खर्च गर्ने उपभोक्ताले जिते १० लाख


काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउनको दोस्रो पाक्षिक विजेता घोषणा गरिएको छ। आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी विजेताको नाम सार्वजनिक गरेको हो।

साउन १६ देखि ३१ गतेसम्म ३ करोड २४ लाख ४३ हजार २२९ कारोबार उपहार योजनामा सहभागी भएका थिए। तीमध्ये १७ जना विजेता छनोट भएका छन्। १७ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन्, जसबाट कर कटाएर १ लाख रुपैयाँ प्राप्त हुनेछ।

यस्तै, बम्पर पुरस्कार १० लाख रुपैयाँ एक जनाले जितेका छन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको