मानव बेचबिखनमा अब कठोर प्रहार, तीनै तहमा समिति र कडा सजायको प्रस्ताव


काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानुनी दायरा फराकिलो बनाउँदै विधेयक ल्याइएको बताएकी छन्।

प्रतिनिधिसभामा विधेयकमाथिको छलफलमा जवाफ दिँदै उनले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्ने तथा दोषीलाई कानुनी दायरामा ल्याउने उद्देश्यले संशोधन प्रस्ताव गरिएको बताइन्।

विधेयकमा संघ, प्रदेश र स्थानीय तहको जिम्मेवारी स्पष्ट पार्ने, पालेर्मो प्रोटोकलका प्रावधान समेट्ने र सजायको दायरा फराकिलो बनाउने प्रस्ताव गरिएको छ। बालबालिकालाई शोषणका लागि लैजाने, राख्ने वा भर्ना गर्ने कार्यमा उनीहरूको सहमति भए पनि ओसारपसारको कसूर मानिने व्यवस्था प्रस्ताव गरिएको मन्त्री बादीले जानकारी दिइन्।