काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेलमा स्कारपियो दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा स्कारपियोमा सवार दुई जना महिला र चार जना पुरुष घाइते भएका छन्। घाइतेमध्ये एक जना महिलाको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनापछि घाइतेहरूको उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ।
दुर्घटना के कारणले भएको हो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।






















प्रतिक्रिया