भीमफेदी जीप दुर्घटनाका गम्भीर घाइते ४ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो


काठमाडौं । काठमाडौं–कुलेखानी–हेटौंडा सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा भाद्र २ गते भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका उच्च अदालत वीरगञ्ज इजलासका मुख्य न्यायाधीशसहित चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

दुर्घटनामा गम्भीर घाइते चारै जनालाई थप उपचारका लागि काठमाडौंस्थित वीरेन्द्र अस्पताल, छाउनी ल्याइएको हो।

दुर्घटनामा घाइतेमध्ये उच्च अदालत वीरगञ्ज इजलासका मुख्य न्यायाधीशसमेत रहेका छन्। उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको जनाइएको छ।