इन्जिनियरिङमा पीएचडी पढाइ सुरु गर्दै पोखरा विश्वविद्यालय


काठमाडौं । पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी कार्यक्रम सुरु गरेको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पीएचडीका लागि आवेदन खुलाएको हो।

इच्छुक उम्मेदवारले ९ भदौसम्म ३ हजार रुपैयाँ शुल्क तिरेर आवेदन दिन सक्नेछन्। प्रवेश परीक्षा १२ भदौमा पोखरा विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङ, ढुंगेपाटनमा हुनेछ।