काठमाडौं । सरकारले वेबसाइट, एप, सामाजिक सञ्जाललगायत डिजिटल माध्यमबाट व्यापार–व्यवसाय गर्ने सबैलाई अनिवार्य दर्ता हुन ताकेता गरेको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विद्युतीय व्यापार ऐन २०८१ र निर्देशिका २०८२ अनुसार विभागको पोर्टलमा सूचीकृत हुन निर्देशन दिएको हो।
कानुनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कारबाही हुने विभागले चेतावनी दिएको छ। उपभोक्ता ठगी तथा अनलाइन कारोबारसम्बन्धी गुनासो बढेपछि डिजिटल व्यापारलाई व्यवस्थित र पारदर्शी बनाउन कडाइ गरिएको विभागले जनाएको छ।






















प्रतिक्रिया