टिपरको ढालाबाट खसेका युवकको उपचारका क्रममा मृ#त्यु


मुस्ताङ । घरपझोङ गाउँपालिका–४ पुच्छर ढोङमा टिपरबाट खसेर घाइते भएका २३ वर्षीय हरिबहादुर पुनको उपचारका क्रममा मृत्यु भएको छ।

मंगलबार बिहान जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क २७०१ नम्बरको टिपरको ढालाबाट खसेर रोल्पा लुङ्ग्री–३ का पुन घाइते भएका थिए।

उद्धार गरी प्रदेश अस्पताल जोमसोम पुर्‍याइएका उनको दिउँसो १२ः३२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर र चालक प्रहरी नियन्त्रणमा छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।