भारतमा गाँजासहित नेपाली युवक प्रहरीको नियन्त्रणमा


रौतहट । भारतको बिहारस्थित मोतिहारी जिल्लाको सुगौलीमा ७५० ग्राम गाँजासहित एक नेपाली युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बारा, जितपुर उपमहानगरपालिका–१ निवासी रमाकान्त मुखियाका छोरा राजन मुखिया रहेका छन्। सुगौली थानाका प्रभारी अनिश कुमार सिंहका अनुसार मंगलबार गोप्य सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा मुखियालाई पक्राउ गरिएको हो।

प्रहरीले गाँजा बरामद गरी मुखियाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।