कोलकाता होटलमा आगलागी : ९ जनाको मृत्यु


कोलकाता । भारतको कोलकातास्थित मिर्जा गालिब स्ट्रिटको एक होटलमा बुधबार बिहान भीषण आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।

राति करिब १ः४५ बजे लागेको आगो नियन्त्रणमा लिन दमकलका पाँच गाडी परिचालन गरिएको थियो। बाक्लो धुवाँका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

घटनाको कारण खुलेको छैन। प्रहरीले अनुसन्धानसँगै होटलमा थप व्यक्ति फसेका छन् कि छैनन् भन्ने खोजी गरिरहेको छ। पछिल्ला केही दिनमै पश्चिम बङ्गालका होटलमा भएको यो दोस्रो ठूलो आगलागी हो।