भ्यूज गणनामा नयाँ व्यवस्था, के–के बदलियो?


काठमाडौं । युट्युबले अगस्ट २४ देखि भिडियोको भ्यू गणना गर्ने नियम परिवर्तन गर्दैछ। अब भिडियो प्ले हुनेबित्तिकै पहिलो सेकेन्डदेखि नै भ्यू गणना हुनेछ। यसअघि लामो फर्म्याटका भिडियोमा कम्तीमा ३० सेकेन्ड हेरिएपछि मात्रै भ्यूमा गणना हुने व्यवस्था थियो।

नयाँ नियम सबै भिडियो फर्म्याटमा लागू हुनेछ। यसअघि तत्काल भ्यू गणना हुने व्यवस्था युट्युब शर्ट्समा मात्र थियो।

तर, भ्यू गणनाको नियम परिवर्तन भए पनि क्रियटरको आम्दानीमा भने प्रत्यक्ष असर पर्ने छैन। युट्युबले मनिटाइजेसन, युट्युब पार्टनर प्रोग्राम (YPP) र विज्ञापनबाट हुने आम्दानीका नियममा कुनै परिवर्तन गरेको छैन।