दुई दिनपछि सामुदायिक वनमा भेटिए साढे २ वर्षीय बालक


नवलपरासी पूर्व । गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि बेपत्ता साढे २ वर्षीय बालक शिवान तामाङलाई शंखदेवी सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ।

भदौ २ गते बिहान घरबाट बेपत्ता भएका बालकको स्थानीय र प्रहरीले खोजी गरिरहेका थिए। इलाका प्रहरी कार्यालय गैँडाकोट, रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट परिचालित टोलीले भदौ ४ गते बिहान भागर खोलाको सिरानमा बालकलाई फेला पारेको हो।

उद्धारपछि आवश्यक प्रक्रिया पूरा गरी बालकलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।