शिक्षक–ईसीडीको तलब बढ्दा ४ अर्ब ६९ करोड थप बजेट


काठमाडौँ । संघीय अनुदानमा कार्यरत शिक्षक, ईसीडी सहजकर्ता तथा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि हुने भएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुसार माध्यमिक तहका शिक्षकको मासिक पारिश्रमिक ४८ हजार ५८ र आधारभूत तहका शिक्षकको ३८ हजार २०३ रुपैयाँ पुगेको छ। ईसीडी सहजकर्ता, विद्यालय सहयोगी र कर्मचारीको पारिश्रमिकमा पनि मासिक ५ हजार रुपैयाँ थप गरिएको छ।

वृद्धि कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा ४ अर्ब ६८ करोड ९८ लाख ३० हजार रुपैयाँ थप बजेट आवश्यक पर्ने शिक्षा मन्त्रालयले जनाएको छ।