झापा । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण बढेको छ। जेई संक्रमणबाट मेचीनगर–८ की ६४ वर्षीया महिलाको मृत्यु भएसँगै जिल्लामा मृतकको संख्या ६ पुगेको छ।
जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार जिल्लामा हालसम्म ११ जनामा जेई संक्रमण पुष्टि भएको छ। मृत्यु हुनेमा चार महिला र दुई पुरुष छन्।
संक्रमणको जोखिम बढेसँगै स्वास्थ्य कार्यालयले जिल्लाका विभिन्न स्थानमा जेई परीक्षण तथा स्वास्थ्यकर्मीको अनुगमनलाई तीव्रता दिएको जनाएको छ।






















प्रतिक्रिया