उदयपुर । डिभिजन वन कार्यालय गाईघाटका वन अधिकृत भुवन पौडेल घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीबाट खटिएको टोलीले सातौँ तहका वन अधिकृत तथा सूचना अधिकारी पौडेललाई १६ हजार २५० रुपैयाँ नगदसहित कार्यालय परिसरबाट पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा निगरानीमा रहेका पौडेलले सामुदायिक वन उपभोक्ता समूहसम्बन्धी काम सहज गराइदिने भन्दै रकम मागेको आरोप छ । सोही क्रममा रकम लिँदै गर्दा उनलाई नियन्त्रणमा लिइएको अख्तियारको टोलीले जनाएको छ ।
पक्राउपछि घटनासँग सम्बन्धित थप प्रमाण संकलन गर्दै अनुसन्धान अघि बढाइएको छ । पौडेलमाथिको आरोपको कानुनी पुष्टि अनुसन्धानपछि हुने जनाइएको छ ।






















प्रतिक्रिया