राष्ट्रिय अनुसन्धान विभागबारे मन्त्री गौतमको यस्तो धारणा


काठमाडौँ । कानुनमन्त्री सोविता गौतमले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री मातहत राख्नु कानुनी तथा व्यावहारिक रूपमा आवश्यक रहेको बताएकी छन्। राष्ट्रिय सभामा बोल्दै उनले राष्ट्रिय सुरक्षासम्बन्धी संवेदनशील सूचना प्रधानमन्त्रीलाई प्रत्यक्ष उपलब्ध हुँदा निर्णय प्रक्रिया छिटो र प्रभावकारी हुने दाबी गरिन्।

उनले गुप्तचर निकायले पूर्वसूचना संकलन गर्ने भएकाले सम्भावित सुरक्षा चुनौती समयमै रोक्न प्रधानमन्त्रीको प्रत्यक्ष पहुँच आवश्यक रहेको स्पष्ट पारिन्।