सुर्खेत । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभामा ‘कर्णाली समृद्धि तथा आर्थिक विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ दर्ता गराएका छन् ।
विधेयकले कृषि, वन तथा जडीबुटी, पर्यटन, उद्योग र उद्यमशीलताको विकाससँगै स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने लक्ष्य राखेको छ । स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्ने प्रस्ताव गरिएको छ ।
विधेयकमा ‘कर्णाली समृद्धि परियोजना’ स्थापना, परियोजना कोष, अनुदान, सहुलियत कर्जा, न्यूनतम समर्थन मूल्य र बजार व्यवस्थापनको व्यवस्था प्रस्ताव गरिएको छ ।
शर्माले मुख्यमन्त्री हुँदा अघि सारेको वार्षिक १० हजार जनालाई रोजगारी दिने ‘कर्णाली समृद्धि परियोजना’ कार्यान्वयनमा जान सकेको थिएन । अहिले सोही कार्यक्रमलाई कानुनी आधार दिन विधेयक ल्याइएको हो ।
प्रदेश सभा सचिवालयका अनुसार विधेयक दर्ता भइसके पनि सभामा टेबुल भने भएको छैन ।






















प्रतिक्रिया