काठमाडौँ । सरकारसँग १४ बुँदे सहमति भएपछि ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू घर फर्किएका छन् ।
शनिबार सरकार र ऋणीका प्रतिनिधिबीच १४ बुँदे सहमति भएपछि धर्ना स्थगित गरिएको हो । सहमतिपछि सरकारले आइतबार बिहान साझा यातायातका ८ वटा बसमार्फत ३२३ जना ऋणीलाई आ–आफ्नो गन्तव्यतर्फ पठाएको छ ।
झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासीलगायत जिल्लाबाट आएका ऋणीहरूलाई बसमार्फत घरतर्फ पठाइएको हो ।
सरकारी अधिकारीहरूको उपस्थितिमा उनीहरूलाई बिदाइ गरिएको थियो । सहमतिपछि लामो समयदेखि जारी लघुवित्त ऋणीहरूको धर्ना तत्कालका लागि स्थगित भएको छ ।






















प्रतिक्रिया