काठमाडौँ । वैदेशिक रोजगारीका लागि मलेसिया र अमेरिका पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर–१२ का ३७ वर्षीय नवीन लामा र सल्यान शारदा–२ का ५० वर्षीय रमेश रेउले छन् ।
प्रहरीका अनुसार लामाले मलेसिया पठाइदिने भन्दै तीन जनाबाट १४ लाख रुपैयाँ र रेउलेले अमेरिका पठाइदिने भन्दै एक जनाबाट ३ लाख रुपैयाँ लिएका थिए । रकम लिएपछि सम्पर्कविहीन भएका उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






















प्रतिक्रिया