महाराष्ट्र अस्पतालको एनआईसीयूमा आगलागी, ३ नवजातको मृत्यु


काठमाडौँ। भारतको महाराष्ट्रस्थित अमरावती जिल्ला महिला अस्पतालको एनआईसीयूमा सोमबार बिहान आगलागी हुँदा तीन नवजात शिशुको मृत्यु भएको छ।

बिहान करिब ३ः३० बजे अस्पतालको तेस्रो तलामा आगलागी भएको हो। घटनाका बेला एनआईसीयूमा ३९ नवजात शिशु थिए। चिकित्सक, नर्स र कर्मचारीले तत्काल उद्धार गरी अधिकांश शिशुलाई सुरक्षित बाहिर निकालेका थिए।

एनआईसीयूको एउटा कम्पार्टमेन्टमा रहेका ९ शिशुमध्ये तीनको मृत्यु भएको र बाँकी ६ जनालाई अन्य अस्पतालमा सारिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा भेन्टिलेटरभित्र विस्फोट भएपछि आगलागी भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।