स्कुल बस र अटो ठोक्किँदा उदयपुरमा दुईको मृत्यु


उदयपुर । बेलका नगरपालिका–५ जहडामा सोमबार बिहान स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको अटो र विपरीत दिशाबाट आएको स्कुल बस बिहान ९ः४५ बजे ठोक्किएका थिए। दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएकामा उपचारका क्रममा ३४ वर्षीया मन्दिरा मगरसहित दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइते तीन जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार भइरहेको छ। प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।